न्युने डाँडामा रहेकाे टेलिकमको टावर सञ्चालनमा आउन अझै दुई महिना लाग्ने

डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका वडा नं. १ अन्तर्गत न्युने डाँडामा राखिएको नेपाल टेलिकमको नमस्ते सेवाकाे टावर अझै सञ्चालनमा आउन सकेको छैन्। टावरका लागि आवश्यक साेलार ब्याट्री जडान गरेकाे दुई साता बितिसक्दा पनि अझै टावर सञ्चालनमा आउन नसकेको हाे।

नेपाल टेलिकमकाे केन्द्रीय कार्यालय भद्रकालीलु ब्याट्री जाेडेकाे एक साता भित्रै टावर सञ्चालनमा ल्याउने बताए पनि सेवा सुचार नभएको त्रिपुराकाेटका स्थानीय तुलबहादुर बाेहाेराले बताए।

‘त्रिपुरासुन्दरी नगरपालिकाका धेरै जसो गाउँबस्तीमा सञ्चारविहीन भएकाे वर्षाै भयाे, टावर बनेर ब्याट्री जडान भइसकेपछि अब छिट्टै सेवा सुचार हाेला भन्ने आशा थियाे तर दुई साता बितिसक्दा पनि कुनै टावर सञ्चालनमा आउने कुनै सुरसार नै छैन्,’ उनले भने।

जतिसक्दो छिटाे टावर सञ्चालनका लागि स्थानीयले माग गरेका छन्।

यता नेपाल टेलिकम प्रादेशिक कार्यालय सुर्खेतका उप-निर्देशक राजन शर्माकाले टावर सञ्चालनमा आउन अझै दुई महिना लाग्ने बताए।

नेपाल टेलिकमसँग बिटिएस, एन्टेनालगायतका अत्यावश्यक उपकरण सकिएकाले चीनबाट मगाइएकाे र कलकत्ता पनि नपुगेकाले नेपाल आइपुग्नमात्र २० दिन भन्दा धेरै लाग्ने बतनए। नेपाल पुगेपछि डाेल्पा पुर्‍याएर जडान गरुन्जेल कम्तिमा दुई महिना लाग्ने उनकाे भनाइ।

अहिले नगरपालिकाकाे प्रशासकीय केन्द्रमा नै टेलिफाेन लाग्दैन्।

टेलिफोन नलाग्दा नागरिककाे सेवा प्रवाह तथा अत्यावश्यक कामका लागि फाेन गर्न समस्या भएकाे नगरपालिकाले जनाएको छ।

टावर सञ्चालनमा आएपछि फाेन नलाग्ने त्रिपुराबाेट बगर, रंग, लिकु, मुहु, खालिबन, बन्तडी, हुमलगायतका बस्तीहरुमा खबरहरु आदानप्रदानका लागि सहज हुने बताइएकाे छ।

प्रकाशित मिति: : 2023-03-22 13:27:00

प्रतिकृया दिनुहोस्