ट्रम्प पाेर्नस्टारसँगकाे लफडामा परेकाे बेला श्रीमती सबैलाई अचम्मित पारेर गायब

Photo: Agency
Photo: Agency

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार (४ अप्रिल) न्युयोर्कको म्यानह्याट्टन अदालतमा सन् २०१६ मा भएको ‘हस मनी केस’ अर्थात् सन् २००६ मा अश्लील सिनेमाकी नायिका स्टर्मी डानियल्‍सलाई आफूसँगको शारीरिक सम्बन्धको बारेमा नबोल्न १ लाख ३० हजार डलर दिएको आरोपमा अदालतकाे आदेशपछि आत्मसमर्पण गरेका थिए।

ट्रम्प प्रथम पूर्वराष्ट्रपति हुन्, जसले आपराधिक घटनाको बारेमा  अदालतमा आत्मसमर्पण गरेका हुन्।

ट्रम्पले अदालती कारबाहीपछि मिडिया र छोराहरू बेरन, एरिक र डोनाल्ड ट्रम्प जुनियरको साथै छोरीहरू इबाङ्का र टिफनी ट्रम्पलाई धन्यबाद दिएका छन्। यसको साथै सन् २००५ मा विवाह गरेकी पत्नी मेलानिया ट्रम्पको बारेमा एकशब्द पनि नबोल्नु र उनको साथ मेलानिया नहुनुले एउटा रहस्य पनि पैदा गरेको छ।

अदालतबाट बाहिर आएपछि पूर्वराष्ट्रपति ट्रम्पले आफ्नो स्वामित्वमा रहेको ट्रम्प टावरमा आफ्ना समर्थकहरूलाई एक भाषण दिए। सो समारोहमा उनका सबै छोराछोरी र ज्वाँइसमेतको उपस्थिति भए पनि पत्नी मेलानिया र उनका छोरा बेरन देखिएनन्।

न्युयोर्क पोष्टले यो विषयमा पूर्वराष्ट्रपति ट्रम्पका निकटमित्र माइक लिण्डेलसँग प्रश्न गर्दा ‘मलाई यो बारेमा केही थाहा छैन तर म उनलाई खोज्ने प्रयास गर्छु’ भनेर बढो गैरजिम्मेदार जवाफ दिएका छन्।

वर्तमान प्रथम महिला जिल बाइडेनकी पूर्व प्रवक्ता माइकल लारोसाले ट्विटरमा आफूले मेलानियाले पूर्वराष्ट्रपति ट्रम्पको हात समातेर अदालतमा आउनेछिन् भन्ने कल्पना गरेको तर उनलाई त्यहाँ नदेख्दा अच्चम लागेको लेखेकी छिन्।

५२ वर्षीया मेलानियालाई अन्तिम पटक पतिसँग फ्लोरिडा मार-ए-लोगो रिसोर्टमा रातको खाना खाइरहेको देखिएको थियो। उनी फ्लोरिडा, न्युयोर्क वा अन्त कहाँ छिन भन्ने कसैलाई जानकारी छैन।

पूर्वराष्ट्रपति ट्रम्प र मेलानियाको भेट पहिलो पटक सन् १९९८ मा एक फेशन शोमा भएको थियो, करिब सात वर्षको प्रेमपछि उनीहरूले सन् २००५ मा विवाह गरेका थिए।

पूर्वसुपर मोडल मेलानियाको जन्म तत्कालिन युगोस्लोभियामा २६ अप्रिल १९७० को दिन भएको हो।

प्रकाशित मिति: : 2023-04-06 07:40:00

प्रतिकृया दिनुहोस्