कोइला भट्टीबाट सुरू गरेको उद्योग, अहिले बनाउँछ ठूला उद्योगका मेसिन

सेतोपाटी

भगवती पाण्डे

३० वर्षअघि नेपालमा ठूलो खालको ढलाई उद्योग थिएन। उद्योगका मेसिनहरू बिग्रिए भने भारत लगेर मर्मत गर्नुपर्ने बाध्यता थियो।

बुटवलका नारायणप्रसाद शर्माले धेरै पहिलेदेखि उद्योगहरूको यस्तो बाध्यता बुझेका थिए। उनले आफ्नी पत्नी राधासँग एउटा उद्योग खोल्ने सल्लाह गरे। अनि २०४८ सालमा मेटल काष्ट उद्योग सञ्चालन गरे। मेटल काष्ठ उद्योगले धातु ढलान गरेर विभिन्न मेसिनहरू बनाउने र बिग्रेका मेसिन मर्मत गर्ने काम गर्छ।  

पुँजी ठूलो थिएन, सुरूमै ठूलो उद्योग चलाउन सक्ने कुरै भएन। कोइलाबाट चल्ने एउटा सानो भट्टी राखेर उद्योग सुरू गरे। काम नलाग्ने भनेर फालिएका पुराना फलाम भट्टीमा पगालेर उपयोगी सामग्रीहरू बनाउन थाले।

प्रकाशित मिति: : 2023-04-16 10:20:00

प्रतिकृया दिनुहोस्