एसीसी प्रिमियर कपअन्तर्गत बिहीबार त्रिवि क्रिकेट मैदानमा हुने खेलमा नेपालले ओमनको सामना गर्दैछ। बिहान साढे ९ बजे सुरु हुने एकदिवसीय खेलमा नेपाल जितको लक्ष्य लिएर मैदान प्रवेश गर्दैछ।
उपाधिको लक्ष्य राखेको नेपाललाई ओमनविरुद्ध जित निकाल्न सहज छैन। पछिल्ला पाँच एक दिवसीय खेलमा पनि ओमनले नेपाललाई तीन पटक हराइसकेको छ। ओमन पनि उपाधि दावेदाबर टिम हो।
कपअन्तर्गत नै यसअघि भएका खेलमा नेपाल र ओमन दुवैले समान २-२ अंक बनाएका छन्। नेपालले यसअघि मलेसियालाई हराएको थियो।
एसीसी प्रिमियर कप ५० ओभरको खेल भएपनि सबै देशले एक दिवसीय खेलका लागि मान्यता पाएका छैनन्। तर नेपाल र ओमन दुवै एक दिवसीय मान्यता प्राप्त टिम हुन्।
नेपाली बलर सन्दीप लामिछाने शतकको आशमा छन्। अफगानिस्तानी बलर रशिद खानको रेकर्ड तोड्न सकिने उनलाई आशा छ।
सन्दीपले ४० इनिङमा ९९ विकेट लिइसकेका छन्। आजको खेलमा उनले एक विकेट लिन सके राशिदको रेकर्डसँग बराबरी गर्नेछन्। रासिदले सबैभन्दा चाँडो सय विकट गिराएको कीर्तिमान बनाएका छन्। सन्दीपले आजै थप एक विकेट लिएर राशिदको रेकर्ड तोडिनेछ। राशिदले ४४ खेलमा सय विकेट लिएका थिए।