एसीसी प्रिमियर कप: नेपाल आज साउदी अरेबियासँग भिड्दैँ

File Photo
File Photo

एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कप अन्तर्गत आज नेपाल साउदी अरेबियासँग भिडदैँ छ। 

साेमबार बिहान ९ बजे हुने मूलपानी क्रिकेट मैदानमा नेपाल र साउदी अरेबियासँग प्रतिस्पर्धा हुन् लागेकाे हाे। नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पहिलोपटक मूलपानी क्रिकेट मैदानमा अन्तराष्ट्रिय खेल खेल्न लागेको हो। यसअघिको दुई खेलमा नेपालले दुवै खेलमा विजयी हासिल गरेको हाे। 

नेपालले आफ्नो पहिलो खेल गत वैशाख ५ गते मलेसियासँग खेलेको थियो, जहाँ नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेका हुन्, दोस्रो खेलमा ओमानमाथि ८४ रनको सानदार जित हासिल गरेका थिए र आज तेस्रो जितको लक्ष्य सहित मैदानमा उत्रिदैँ छन्। नेपालले साउदीलाई हराए समूह चरणको आफ्नो अन्तिम खेलमा कतारविरुद्ध खेल्नुअघि नै सेमिफाइनलमा पुग्नेछl

१० देश सहभागी कपको समूह ‘ए’मा नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् भने, समूह ‘बि’मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई छन्। वैशाख १८ गतेसम्म चल्ने प्रतियोगीतमा दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्ने छन् र सेमिफाइनल जित्ने दुई टोलीले उपाधिको लागि वैशाख १८ गते त्रिवि मैदानमा प्रतिस्पर्धा गर्ने छन्।

प्रतियोगिताको विजेता टोली आगामी सेम्टेम्बरमा हुने एसियन कपको लागि छनोट हुनेछ। त्यस्तै शीर्ष तीनमा रहने टोली एसीसी इमर्जिङ कपको लागि छनोट हुने छन्।

प्रकाशित मिति: : 2023-04-24 07:24:00

प्रतिकृया दिनुहोस्