गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग २०२३ मा मंगलबार मुम्बई इन्डियन्समाथि सजिलो ५५ रनको जित निकालेको छ। यो जितसँगै गुजरातको १० अंक भएको छ र दोस्रो स्थानमा रह्यो। मुम्बई भने छ अंकमा छ।
जितका लागि २ सय ८ रनको लक्ष्य पाएको मुम्बईले नौ विकेट गुमाएर निराशाजनक १ सय ५२ रन मात्र बनाउन सक्यो। नेहाल वढेराको ४० रन बाहेक अरू कसैले गतिलो योगदान दिन सकेनन्।
त्यस अगाडि गुजरातले ओपनर डेविड मिलरको ४६ रनको मदतले छ विकेटमा २ सय ७ रन बनाएको थियो। त्यसमा डेविड मिलरको ४६ र अभिनव मनोहरको ४२ रनको योगदान रह्यो।