इन्स्पेक्टरकाे कुटाइबाट हवल्दारकाे नाक र आँखामा गम्भीर चाेट लाग्याे, डाेल्पामा उपचार सम्भव नभएपछि नेपालगञ्ज रिफर

डाेल्पामा इन्सेपेक्टरले हवल्दारलाई मरणासन्न हुने गरी कुटपिट गरेका छन्। जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत प्रहरी निरीक्षक नवीन चापागाईंले प्रहरी हवल्दार हरि आरसीलाई कुटपिट गरेका हुन्।

सल्यानको शिद्धकुमाख गाउँपालिका– ३ स्थायी घर भएका ३७ वर्षीय आरसीको कुटपिटबाट बायाँ आँखा, नाक र मुखमा गहिरो चोट लागेको छ।

जिल्ला प्रहरी कार्यालयभित्रै बोलाएर प्रहरी निरीक्षक चापागाईंले मरणासन्न हुने गरी कुटपिट गरेकाे उनले बताए। कुटपिट आफ्नाे आखाँ, नाक र मुखमा चाेट लागेकाे छ। ‘सुन्नियर आँखा पूरै बन्द भएको छ, डाेल्पा अस्पतामा उपचार हुने सकेन, डाक्टरले नेपागञ्ज रिफर गर्नुभएको छ,’ उनले भने। आज माैसम खराब भएर जहाज नआएकाेले भाेलि बिहानै उपचारका लागि नेपालगञ्ज जाने उनले बताए।

‘घटना शनिबार बिहान ११ बजेकाे हाे। मेराे ड्युटी अफ थियाे, जिल्ला कारागारमा कार्यरत थिएँ, एक्कासी बाेलाएर कुटपिट भयाे,’ उनले भने।

उनले ड्युटी अफ भएकाे कारण मदिरा सेवन भने गरेकाे बताएका छन्। ‘सानाे दर्जाकाे मान्छे हुँ, मलाई अरु ग्रेड राेक्कागायतका अन्य विभागीय कारबाही समेत गर्न सकिन्थ्याे तर नियाेजित रुपमा अङ्गभङ्ग हुने गरी इन्सपेक्टर साबले कुट्नुभयाे,’ उनी भक्कानिए।

‘उहाँले सम्पूर्ण उपचार खर्च व्यहोर्नुपर्नुपर्छ, त्यति मात्र नभई कारबाही हुनुपर्छ, मेराे माग यही हाे,’ उनले थपे। आफूले मदिरा सेवन गरेको गल्ती स्विकार्दा स्विकार्दै पनि कुटपिट भएकाे उनले बताए।

कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक शिवबहादुर बुढाथोकीले पनि थप उपचारका लागि नेपालगञ्ज जान सुझाव दिएको उनले बताए।

यता जिल्ला प्रहरी कार्यालय डाेल्पाका प्रहरी नायब उपरीक्षक बुढाथोकीले घटना गम्भीर भएकाले छानबिन समिति गठन गरेर सत्य तथ्य पत्ता लगाई दाेषीलाई कारबाही गर्ने बताए।

आफू कार्यालयभन्दा बाहिर रहेको बेला घटना घटेकोले यसबारे अनुसन्धान भइरहेको र कसैले पनि कानुन हातमा लिन नहुने बताए। अरु भन्दा पनि पहिला उपचार गर्न हवलदारलाई सुझाएकाे उनले बताए।

भिडियाे:

प्रकाशित मिति: : 2023-04-30 16:55:00

प्रतिकृया दिनुहोस्