ए डिभिजन लिग: मनाङसँग संकटाको बराबरी

काठमाडौँमा जारी सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लब र संकटा फुटबल क्लब बराबरीमा रोकिएको छ।

बिहिबार च्यासल फुटबल मैदानमा भएको खेलमा मनाङ र संकटा २-२ को बराबरीमा रोकिएको हो। मनाङका लागि खेलको १९औँ मिनेटमा कोफी कुडोले गोल गरेर अग्रता दिलाएका थिए। त्यस्तै, खेलको ४५औँ मिनेटमा कोफीले व्यक्तिगत दोस्रो गोल गरेर मनाङलाई सफलता दिलाएका हुन्।

यता,संकटाका लागि ४४ औं म्मिनेत्मा युसेफले गोल गरे भने, खेलको ५२ औं मिनेटमा मनिष डाँगीलले गोल गर्दै संकटालाई बराबरीमा ल्याए। 

यस बराबरीसँगै संकटाले १९ खेलमा २२ अंक जोडेको छ भने, मनाङले १९ खेलमा २३ अंक जोडेको छ।

प्रकाशित मिति: : 2023-05-18 17:19:00

प्रतिकृया दिनुहोस्