दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरि बुढालाई एयरपाेर्टमा स्वागत (तस्बिरहरू)

BreaknLinks
BreaknLinks

घुँडासम्म दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरि बुढालाई त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ।

मंगलबार लुक्लाबाट काठमाडौँ आइपुगेका आरोही बुढालाई सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, पर्यटन व्यवसायीका साथै मगर समूदायले झाँकीसहित स्वागत गरेका हुन्।

भूतपूर्व गोर्खा सैनिक समेत रहेका बुढा यही जेठ ५ गते दिउँसो सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका थिए। योसँगै उनले घुँडामाथिसम्म खुट्टा गुमाएर सगरमाथा आरोहण गर्ने पहिलो आरोही समेत बनेका छन्।

उनले कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको सफल आरोहण गरेका हुन्। पूर्व गोर्खा सैनिक बुढाले अफगानिस्तानको युद्धको क्रममा तालिबानको एम्बुसमा परेर दुबै खुट्टा गुमाएका थिए।

प्रकाशित मिति: : 2023-05-23 14:12:00

प्रतिकृया दिनुहोस्