तिम्सिनाले ल्याए भुटानी शरणार्थीको इतिहास समेटिएको कृति  

मोरङको पथरी निवासी सञ्चारकर्मी दीपेन्द्रराज तिम्सिनाले भुटानी शरणार्थीको इतिहास समेटिएको पुस्तक बजारमा ल्याएका छन्।

पुस्तकमा भुटानी शरणार्थीहरू पहिलो पटक आउँदादेखि तेस्रो मुलुकमा पुनर्वास हुँदासम्मको विषय समेटिएको छ।

पुस्तकमा नेपाली भाषी भुटानी कसरी भुटानबाट लखेटिए? नेपाल आएर माइखोलाको बजारमा उनीहरूको कष्टपूर्ण बसाइ, स्वदेश फिर्तीका लागि उनीहरूले गरेको आन्दोलन समेटिएको छ। 

पुस्तकलाई तिम्सिनाले इतिहास, भाषा तथा साहित्य, संगीत र खेलकुद, पुनर्वास, विश्व शरणार्थी र लेख रचना गरी ६ खण्डमा विभाजन गरेका छन्।

यसअघि तिम्सिनाले ‘टेलिफोन डायरी’, ‘मोरङको सामुदायिक वनको एक चिनारी’, ‘मोरङ क्षेत्र नम्बर २ को चिनारी’, ‘पथरी शनिश्चरे नगारपालिकाको चिनारी’, ‘धिमाल जातिको इतिहास’, ‘इतिहासमा पथरी शनिश्चरे’, ‘मोरङका जनप्रतिनिधिको संगालो’लगायतका कृति बजारमा ल्याएका थिए। 

उनको पछिल्लो कृति इतिहासका विद्यार्थीका लागि उपयोगी हुने बताइएको छ।

प्रकाशित मिति: : 2023-06-05 19:47:00

प्रतिकृया दिनुहोस्