अभ्यास खेलमा स्कटल्याण्डसँग भिड्दै नेपाल

एकदिवसीय अन्तर्राष्ट्रिय विश्वकप छनोटको लागि दक्षिण अफ्रिकामा तयारीमा रहेको नेपालले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो १ : १५ बजे दक्षिण अफ्रिकामा हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

यसअघि नेपालले घरेलु मैदानमा भएको विश्वकप लिग २ को खेलमा स्कटल्यान्डलाई पराजित गरेको थियो। यसै महिना जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट तयारीमा लागि नेपाली टिम हाल दक्षिण अफ्रिकामा छ।

नेपालले त्यसपछि शनिबार दोस्रो अभ्यास खेल खेलेर विश्वकप छनोट खेलको लागि जिम्बाबे प्रस्थान गर्नेछ।

विश्वकप छनोट यही जुन १८ देखि जुलाइ १९ सम्म चल्नेछ।

प्रकाशित मिति: : 2023-06-08 11:18:00

प्रतिकृया दिनुहोस्