त्रिपुरासुन्दरी नगरपालिका तेस्रो पुर्ण खोप पालिका,पहिलो जगदुल्ला

डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिकालाई पूर्ण खोप पालिका घोषणा गरिएको छ। शुक्रबार भव्य कार्यक्रमका बिच नगरपालिकालाई जिल्लाको तेस्रो पुर्ण खोप पालिका घोषणा गरिएको हो।

जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख श्याम बहादुर रोकाय र समितिका सदस्य सचिव तथा स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख डाक्टर रत्नबीर सुनारले नगरप्रमुख जनचन्द्र रोकायलाई पूर्ण खोप पालिका घोषणाको प्रमाणपत्र हस्तान्तरण गर्दै घोषणा गरिएको हो।

पूर्ण खोप पालिका घोषणा कार्यक्रममा बोल्दै उपस्थित बिभिन्न राजनितिक दलका प्रमुख एवम् प्रतिनिधिहरुले खुला दिशामुक्त क्षेत्र घोषणा गरेजस्तै पुर्ण खोप घोषण कार्यक्रम नहोस भनेर सुझाव समेत दिएका थिए।

डोल्पालाई खुला दिशामुक्त क्षेत्र घोषणा गरेको बर्षौ बितिसक्दा बाटोघाटोमा दिशा देखिने र शौचालय नबनाएका घरहरु अझै रहेका भन्दै उनीहरुले टिप्पणी समेत गरेका थिए।

नगरपालिकालाई पूर्ण खोप पालिका घोषणा गरिसकेपछि भोलिका दिनमा खोप छुटेका बालबालिका देख्नु नपरोस भन्दै समन्वय समितिका प्रमुख रोकायले नगरपालिकालाई सुझाव समेत दिएका थिए।

शिक्षा र स्वास्थ्य क्षेत्रमा नगरपालिकाले विशेष ध्यान दिनुपर्ने बताउँदै नगरपालिकाले वास्तबमै स्थानीय सरकार भएको प्रत्याभुति गराउनु पर्ने उनले बताए।

त्यसैगरि प्रमुख जिल्ला अधिकारी भुमिश्चवर पोख्रेलले पुर्ण खोप पालिका घोषणा गरेकोमा नगरपालिकालाई बधाई दिँदै भोलिका दिनमा पुर्णलाई अपुर्ण बनाउने काम नहोस भनेर सुझाव समेत दिएका थिए।

कार्यक्रमलाई समापन गर्दै नगरप्रमुख रोकायले पुर्ण खोप पालिका घोषणा गर्न नगरपालिकाका स्वास्थ्यकर्मी,जनप्रतिनिधि, कर्मचारी, राजनितिक दल सबै लागि परेकाले सबैलाई धन्यवाद समेत दिए।

नगरक्षेत्रको विकासकालागि जिल्लका सम्पुर्ण राजनितिक दलहरुको सहयोग समेत पाएको उनले बताए। पुर्ण खोप पालिका घोषणा गर्न विशेष योगदान पु¥याउने नगर स्वास्थ्य संयोजक,त्रिपुराकोट स्थास्थ्य चौकी,लिकु स्थास्थ्य चौकी,पहाडा स्वास्थ्य चौकी र सुँ स्वास्थ्य चौकी स्वास्थ्य इन्चार्जलाई प्रमाणपत्र सहित सम्मान समेत गरिएको थियो।

कार्यक्रममा त्रिपुरा माध्याकि विद्यालय काटियाचौर र मदरल्याण्ड फोक्सुण्डो एकेडेमीका बिद्यार्थीहरुले खोप सम्बन्धि सचेतनामुलक प्रस्तुतिहरु समेत प्रदर्शन गरेका थिए। यस अघि जिल्लाकै पहिलो पुर्ण खोप पालिकाको रुपमा जगदुल्ला गाउँपालिका घोषण भइसकेको छ भने दोस्रो मुड्केचुला गाउँपालिका घोषण भइसकेको छ।

प्रकाशित मिति: : 2023-06-09 19:06:00

प्रतिकृया दिनुहोस्