जिम्बाब्वेमा नेपाल र युएई भिड्दै

CAN

आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोटअघि आज (मंगलबार)देखि वार्मअप खेलहरू सुरु हुँदैछन्।

नेपालले मंगलबार पहिलो खेलमा संयुक्त अरब ईमिरेट्स (यूएई)विरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाल र युएईबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने १ मा जिम्बाब्वेको हरारेमा सुरु हुनेछ।

विश्वकप छनोट खेल्ने १० टोलीमध्ये टेस्ट मान्यता प्राप्त देशसँग वार्मअप खेल्न नपाउने नेपाल एक मात्रै टोली हो। जिम्बाब्वे पुग्नुअघि नेपालले दक्षिण अफ्रिकामा नेदरल्याण्ड्स र स्कटल्याण्डसँग अभ्यास खेल खेलको थियो। नेपालले दुवै खेलमा पराजय भोगेको थियो। 

विश्वकप छनोटअन्तर्गत आगामी असार ३ गते नेपालले जिम्बाब्वेको सामना गर्नेछ। नेपाल रहेको समूह ‘ए’मा घरेलु टोली जिम्बाब्वे, वेस्टइन्डिज, अमेरिका र नेदरल्याण्ड्स छन्। समूह ‘बी’मा श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र यूएई छन्। 

नेपालको टोली—

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो।

युएईको टोली—

मुहम्मद वासिम (कप्तान), इथान डी सोल्झा, अली नासिर, वृत्य अरविन्द, रमिज शाहजाद, मोहम्मद जवादुल्लाह, आसिफ खान, रोहन मुस्तफा, आयन खान, जुनैद सिद्दिक, जहुर खान, सन्चित शर्मा, अर्यांश शर्मा, कार्तिक मयाप्पन र बासिल हामिद।

प्रकाशित मिति: : 2023-06-13 08:34:00

प्रतिकृया दिनुहोस्