विश्वकप छनोटः नेपाल जिम्बाव्वेसँग पराजित

आईसीसी विश्वकप छनोटको पहिलो खेलमा नेपाल जिम्बाबेसँग पराजित भएको छ। 

आइतबार भएको खेलमा नेपाल जिम्बाबेसँग ८ विकेटले पराजित भएको हो। नेपालले दिएको २ सय ९१ रनको लक्ष्य जिम्बावेले ४४ दशमलब १ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो।  

नेपालमाथि फराकिलो जित निकाल्न जिम्बाब्वेका ओपनर क्रेग ईव्रानले अविजित १ सय २१ रनको शतकीय ईनिङ खेले। नेपालका लागि सोमपाल कामी र गुलसन झाले समान १/१ विकेट लिए । 

 

प्रकाशित मिति: : 2023-06-18 20:05:00

प्रतिकृया दिनुहोस्