जुनुको एघारौं सन्तान जन्मिदैं, व्यग्र प्रतीक्षामा जुम (भिडियाे)

BreaknLinks
BreaknLinks

सौर्न्दर्यको दुनियाँमा आफूलाई एउटा छुट्टै पहिचानका साथ नेपालमा मात्र नभई विश्वका विभिन्न मुलुकमा छरिएर रहेका नेपाली महिलाहरूलाई सीप मुलक र दक्ष एवम व्यवसायिक बनाउनमा विगत २१ वर्षदेखि निरन्तर अग्रणी भूमिका खेलिरहेको जुम ब्यूटी एकेडेमीले आफ्नो एघारौं शाखा विस्तार गर्ने भएको छ।

यस एकेडेमीको हरेक शाखालाई आफ्नो सन्तानको रुपमा लिने एकेडेमीकी सिईओ जुनु चक्रधरले अब छिट्टै आफ्नो एघारौं सन्तान जन्मिन लागेको बताउँदै त्यसको व्यग्र प्रतिक्षामा रहेको बताइन्।

विगत एक्काईस वर्षदेखि काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा आफ्नो दस वटा शाखाहरु विस्तृत गरिसकेको जुमले एघारौं शाखा स्वयम्भुस्थित सानो भर्‍याङ्गमा यहि असार ९ गते शनिबार उद्घाटन गर्दैछ।

सौर्न्दर्य सम्बन्धि सम्पूर्ण सेवा तथा प्रशिक्षण समेत दिइरहेको जुम ब्यूटी एकेडेमीले एघारौं शाखा विस्तारको उपलक्ष्यमा विद्यार्थी तथा सेवाग्राहीलाई विभिन्न छुट र अवसरको पनि व्यवस्था गरेको चक्रधरले बिएल नेपाली सेवालाई  बताइन्।

नेपालको ७७ जिल्ला लगायत विदेशमा बसेर काम गरि नेपाल फर्किएका र वैदेशिक रोजगारमा जाने तयारीमा रहेका महिलाहरूलाई विभिन्न सीप मुलक तालिम र सौन्दर्य सेवाहरू प्रदान गरिरहेको जुमले आगामी दिनहरूमा उपत्यका बाहिर समेत यसको शाखा विस्तार गर्ने योजना रहेको जनाएकाे छ।

नेपाली महिलाहरूलाई आर्थिक, सामाजिक र व्यवसायिक रुपमा नै सक्षम र सबल बनाउने उद्देश्यका साथ जुमले आफ्नो शाखाहरू उपत्यकाको विभिन्न सहरहरूमा स्थापित गरिरहेको छ।

यस एकेडमीले नेपालमा पहिलोपटक पारामेडिकल सर्भिस, पर्मानेन्ट मेकअप लगायत सौन्दर्यको दुनियाँमा आवश्यक पर्ने सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ।

सौन्दर्य केवल नक्कल पार्ने मात्र नभइ यो व्यक्तिको आत्मविश्वास र आजको समयको आवश्यकता हो भन्ने मान्यतालाई स्थापित गर्दै यसलाई एउटा मर्यादित पेशा वा व्यवसायको रुपमा पनि लिन सकिन्छ भन्ने सौन्दर्यको दुनियाँमा एउटा वैचारिक क्रान्ती ल्याउन सफल जुम एकेडमीले आगामी दिनमा नेपालको पहिलो ब्यूटी कलेज स्थापना गर्ने योजना रहेको पनि जुनुले बताएकी छिन्।

आउँदा दिनहरूका विस्तृत योजनाहरू र जुमको सेवा सुविधा लगायत  प्रशिक्षणको  विषयमा सुनौं अनि आफूलाई उत्साहित पनि गरौं।

प्रकाशित मिति: : 2023-06-20 15:00:00

प्रतिकृया दिनुहोस्