विश्वकप छनोट: नेपालले दियो नेदरल्यान्डलाई १६८ रनको सामान्य लक्ष्य

जिम्बाब्वेम जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले नेदरल्यान्डलाई १६८  रनको सामान्य लक्ष्य दिएको छ।

शनिबार जिम्बाब्वेको ताकाशिंका स्पोर्टस् क्लबमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ४४.३  ओभरमा सबै विकेट गुमाएर १६७  रन बनायो। नेदरल्यान्डका लागि लोगन भान बिकले सर्वाधिक चार विकेट लिए, आर्यन दत,र क्लेटन फ्लोयडले,  समान एक-एक विकेट लिए भने, व्रिकमजीत र बास डी लिड्सले दुई विकेट लिए।

यता नेपालका लागि कप्तान रोहित पौडेल ३३ रन, कुशल भुर्तेल २७ रन, आरिफ शेख ७ रन, भीम सार्की २२ रन, कुशल्ल मल्लले १२ रन दिपेन्द्र सिंह ऐरि १२, गुलशन झाले १५ रन बनाए। त्यस्तै, नेपालका लागि करण केसी १ रन बनाएर पेभेलियन फर्किए भने सन्दपीले २७ रन बनाए। सुपर सिक्समा आफनो स्थान बनाउन नेपालले आज  नेदरल्यान्डलाई  जित्नै पर्ने दबाबमा छ। नेपालले आज नेदरल्यान्डलाई हराए मात्र सुपर सिक्समा पुग्दैन, सोमबार नेदरल्यान्ड वेस्ट इन्डिजसँग हारेमा नेपालले आफ्नाे स्थान सुपर सिक्समा सुरक्षित गर्नेछ।

समूह ‘ए’मै रहेका जिम्बाब्वे र वेस्ट इन्डिज दुबै खेल जितेर सुपर सिक्स नजिक पुगेका छन्। 

प्रकाशित मिति: : 2023-06-24 16:10:00

प्रतिकृया दिनुहोस्