युएईमा आयोजना गर्न लागिएको विच सकर विश्वकप फेब्रुअरी २०२४ सम्म स्थगित

Photo: Agency
Photo: Agency

विश्व फुटबल महासंघ (फिफा)ले युएईले आयोजना गर्न लागेको फिफा विच सकर विश्वकप– २०२३ नोभेम्बरको सट्टा फेब्रुअरी २०२४ मा आयोजना गर्ने निर्णय गरेको छ।

फिफाले आफ्नो खेल प्रतियोगिताको वार्षिक गतिविधिको सहज प्रवाह सुनिश्चित गर्नका लागि आफ्नो २४औं परिषद् बैठकबाट यो निर्णय गरेको हो।

युएईले गत फेब्रुअरीमा प्रतियोगिता आयोजना गर्न आफ्नो उम्मेदवारी फाइल बुझाएको थियो।

दुबईमा सन् २००९ को संस्करणपछि युएईले विच सकर विश्वकप आयोजना गरेको यो दोस्रो पटक हो।

प्रकाशित मिति: : 2023-06-25 14:35:00

प्रतिकृया दिनुहोस्