मुख्यमन्त्री कपको उपाधि इलामले जित्यो

कोशी प्रदेशस्तरीय मुख्यमन्त्री कपको उपाधि इलामले जितेको छ।

सञ्चालित मुख्यमन्त्री कप फुटबलको फाइनल खेलमा सङ्खुवासभालाई ३–० गोल अन्तरले पराजित गर्दै इलामले उपाधि जितेको हो।

जितसँगै इलामले दुई लाखसहित, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगिताको उपविजेता सङ्खुवासभाले एक लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। खेलका विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको छ। बेस्ट गोलकिपर इलामका मौसम मगर, बेस्ट डिफेन्स इलामका आयुश तिमलसिना, बेस्ट फरवार्ड सङ्खुवासभाका मन्दिप राई, उच्च गोलकर्ता ओखलढुङ्गाका सञ्जय गुरुङ, बेस्ट मिडफिल्डर सङ्खुवासभाका पर्शु राई र बेस्ट कोचको उपाधि इलामका छिरिङ पासाङले हात पारेका छन्।

यस्तै ‘म्यान अफद सिरिज’को उपाधि इलामको विशाल तामाङ जितेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रविन श्रेष्ठले जानकारी दिए। खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजनामा यही असार ४ गतेदेखि प्रतियोगिता सञ्चालन गरिएको थियो। प्रतियोगितामा कोशी प्रदेशका ताप्लेजुङबाहेक अन्य १३ जिल्लाले सहभागिता जनाएका थिए।

प्रकाशित मिति: : 2023-06-25 16:41:00

प्रतिकृया दिनुहोस्