सहकारी पीडितहरुले सडकमै दही चिउरा खाएर असार पन्ध्र मनाए (भिडियो)

मिनु गोले

काठमाडौं
BreaknLinks
BreaknLinks

आज असार पन्ध्र अर्थात् राष्ट्रिय धान दिवस। यस अवसरमा देशभरका किसान मात्रै होइन्, पूर्वप्रधानमन्त्री, मन्त्री तथा नेताहरुसमेतले खेतमा पुगेर धान राेप्दै असार पन्ध्र मनाए।

असार पन्ध्रको दिनलाई दही चिउरा खाने दिनको रुपमा पनि मनाइन्छ। यस अवसरमा विशेषगरी खेतमै पुगेर दही चिउरा खाँदै राेपाइँ गरिन्छ। यसरी विगतका वर्षमा खेतमै पुगेर छुपुछुपु धान रोप्दै दही चिउरा खाएका केही मानिसहरु यसपटक सहकारी पीडितको रुपमा माइतीघर मण्डलामा धर्ना दिन बाध्य भए।

थोरै-थोरै गरेर जम्मा गरेको रकम सहकारीले खाइदिएर भागेपछि करिब एक महिनादेखि माइतीघरमा धर्ना बसेका देशभरमा सरहकारी पीडितहरु यसपटक सडकमै दही चिउरा खाएर असार पन्ध्र मनाउन बाध्य भए। माइतीघरमा धर्नामा बसेका देशभरका सहकारी पीडितहरुले शुक्रबार सडकमै दही चिउरा खाएका हुन्।

सडकमै दही चिउरा खाएर असार पन्ध्र मनाएका उनीहरुको अनुहार निराशा भने स्पष्ट देखिन्थ्यो। आन्दाेलन अवस्थामै भए पनि आजकाे दिन चाहिँ हाँसी खुसी मनाउनुपर्ने भएकाेले सडकमै दही चिउरा खाएर असार पन्ध्र मनाएकाे सहकारी पीडित राधा महर्जनले भनिन्। ‘दु:ख पीडा भनेकाे आ-आफ्नाे मनमा छ। जे भए पनि आज चाहिँ हाँसी खुसी असार पन्ध्र मनाउनुपर्छ,’ उनले भनिन्।

भिडियाे :

प्रकाशित मिति: : 2023-06-30 20:15:00

प्रतिकृया दिनुहोस्