डाेल्पा पुर्ण खाेप सुनिश्चितता जिल्ला घाेषणा !

हिमाली जिल्ला डाेल्पा पुर्ण खाेप सुनिश्चित जिल्ला घाेषणा भएको छ। शनिबार जिल्ला सदरमुकाम दुनैमा देशकाे ७२ औँ जिल्लाकाे रुपमा डाेल्पा पुर्ण खाेप सुनिश्चित जिल्ला घाेषणा भएको हाे।

राष्ट्रिय लक्ष्य अनुरुप जिल्लाका आठवटै स्थानीय तह पुर्ण खाेप सुनिश्चित पालिका घाेषणा भएसँगै जिल्ला पनि घाेषणा गरिएको स्वास्थ्य सेवा कार्यालय डाेल्पाका प्रमुख डाक्टर रत्नबिर सुनारले जानकारी दिए। यस कार्यक्रमकालागि कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्नेशनालयका प्रतिनिधि लक्ष्मी प्रसाद भट्टराईकाे उपस्थिति रहेकाे थियाे।

कार्यक्रम अतिथि समेत रहेका भट्टराईले पुर्ण खाेप सुनिश्चित घाेषणाकाे प्रमाणपत्र जिल्ला समन्वय समितिका प्रमुख,जिल्ला पुर्ण खाेप समन्वय समितिका संयाेजक एवम् कार्यक्रमका सभाध्यक्ष श्याम बहादुर राेकायलाई हस्तान्तरण गरेका थिए। कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख तेजेन्द्र बुढा स्थानीय तहका प्रतिनिधि,विभिन्न राजनीतिक दलका प्रतिनिधि,प्रमुख जिल्ला अधिकारी भुमिश्वचर पाेख्रेल लगायतका व्यक्तित्वहरुकाे उपस्थिति रहेकाे थियाे।

प्रकाशित मिति: : 2023-07-01 13:47:00

प्रतिकृया दिनुहोस्