त्रिपुराकोटमा स्त्रीरोग सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न, १ सय १५ जनाले गरे उपचार

हिमाली जिल्ला डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिकामा स्त्रीरोग सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ।

बिहिवार स्वास्थ्य सेवा कार्यालयकाे आयाेजनामा नगरपालिकास्थित त्रिपुराकाेट स्वास्थ्य चाैकीमा स्त्रीरोग सम्बन्धी विशेषज्ञ सेवा सहितकाे स्वास्थ्य शिविर सम्पन्न भएको हाे।

जिल्ला अस्पताल डाेल्पामा कार्यरत स्त्रीरोग विशेषज्ञ डाक्टर शंकर राउत, स्वास्थ्य सेवा कार्यालय प्रमुख डाक्टर रत्नबीर सुनार, डाक्टर अखन्ड उपाध्याय लगायतको स्वास्थ्यकर्मीकाे टाेलीले  बिरामी महिलाहरुकाे उपचार गरेकाे थियाे।

शिविरबाट नगर क्षेत्रका १ सय १५ जना विरामीकाे उपचार गरिएको कार्यालय प्रमुख सुनारले जानकारी दिए।

यसैक्रममा नगरपालिकाका ६० वर्ष पुगेका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका आमालाई कदरपत्र र दाेषल्लाद्वारा सम्मान समेत गरिएको डाक्टर सुनारकाे भनाइ छ।

सम्मानित हुनेमा बुद्धीकला केसी, काली बोहोरा, चन्दु बोहोरा, जयकली कामी, दुर्गालक्ष्मी न्यौपाने र सुनकुमारी शाही रहेका छन्। उनीहरुलाई राज्यले प्रदान गर्ने बीस हजार नगत समेत दिइएको छ।

त्यसैगरी आजै स्वास्थ्य सेवा कार्यालयले त्रिपुरासुन्दरी नगरपालिकापामा एकद्वार संकट व्यवस्थापन केन्द्र सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न गरिएको थियो।v

प्रकाशित मिति: : 2023-07-06 20:31:00

प्रतिकृया दिनुहोस्