खुकुरी प्रहार गरी आफ्नै श्रीमतीकाे हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।
हरिवन नगरपालिका-५ घुर्कौली टोल बस्ने ३५ वर्षीय राम भरोश महतोलाई २८ वर्षीया नैन कुमारी महतोकाे हत्या गरेको अभियोगमा शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे।
घरायसी झगडाको कारण आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेको भनी राम भरोशले ईलाका प्रहरी कार्यालय हरीवनमा आफैँ उपस्थित भई जानकारी गराउनासाथ उनलाई प्रहरीले पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।