प्रतिनिधिसभाको बैठक सरेको छ। आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक तीन बजेसम्म सरेको हो।
संसद अवरुद्ध गरिरहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छलफल गरिरहेका छन्। छलफल लम्बिएकाले प्रधानमन्त्री प्रचण्डको अनुरोधमा सभामुख देवराज घिमिरेले बैठक दुई घण्टा पछि सारेका हुन्।
संघीय संसदको अवरोध हटाउन तीन मुख्य दलका प्रमुख अहिले छलफलमा छन्। प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले सिंहदरबारमा छलफल गरिरहेका छन्।