चर्चित गायक रबिन तामाङको विजेश्वरी शोभा भगवतिमा बौद्ध परम्परा अनुसार अन्त्येष्टि गरिएको छ।
आइतबार बिहानै ८ बजेदेखि उनको पार्थिव शरीरलाई नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धांजलिको लागि राखिएको थियो।
रबिनले गाएका चर्चित गीत 'केटाकेटी' गाएर कलाकर्मी, संगीत प्रेमीलगायत युवायुवतीहरूले उनकाे अन्तिम बिदाइ गरेका थिए।
संस्कृति तथा पर्यटनमन्त्री सुदन किराती र सांसद गगन थापाले नेपालको झण्डा ओढाएर श्रद्धांजलि अर्पण गरेका थिए।
नेपाली सांगीतिक क्षेत्रमा रकस्टारको रुपमा परिचित विगत दुई दशकदेखि सक्रिय रहेका रबिन तामाङकाे मंगलबार साँझ काठमाडौंको बुढानीलकण्ठस्थित आफ्नै निवासमा ६० वर्षको उमेरमा निधन भएको थियो।
बेलायती गोर्खा सैनिक परिवारमा जन्मिएका रबिन पाँच सन्तानमध्ये कान्छा हुन्।