खिजीदेम्बा गाउँपालिकाले मुटुरोगी बालबालिकाको निःशुल्क उपचार गर्ने

photo : okhaldhunga khabar.com
photo : okhaldhunga khabar.com

खिजीदेम्बा गाउँपालिकाले मुटुरोगी बालबालिकाको निःशुल्क उपचार गर्ने भएको छ।

पालिकाभित्रका १५ वर्ष मुनिका बालकालिकाको निःशुल्क उपचार गरिने भएको हो। सहिद गङ्गलाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँमा सउल नेसनल युनिभर्सिटी कजेल एण्ड मेडिकल साइन्सको सहकार्यमा खिजीदेम्बाका मुटुरोगी बालकालिकाको निःशुल्क उपचार गरिने गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक इन्द्रप्रसाद गौतमले जानकारी दिए।

गाउँपालिकाले रोग पहिचान गरेका बालबालिकालाई यही असार २९ देखि आगामी साउन ५ गतेसम्म काठमाडौँमा निःशुल्क उपचारको प्रबन्ध मिलाइएको उनले जानकारी दिए। गाउँपालिकाले उपचारका लागि जाने बालबालिकालाई यातायातकोसमेत व्यवस्था गरिदिने भएको छ।

प्रकाशित मिति: : 2023-07-09 17:07:00

प्रतिकृया दिनुहोस्