बाटो बिराएको कांग्रेसको रुपान्तरण कसरी ?

शिलापत्र

धर्मेन्द्र नेम्बाङ

देशमा उपचुनावको प्रचार तरंग चलिरहेको थियो । सामाजिक सञ्जालमा आइरहेको प्रतिक्रियाबाट अब कांग्रेस पार्टीमा नयाँ अभियान सञ्चालन गरेर मात्रै यो समयसँग संवाद गर्न सकिन्छ । गिर्दो कांग्रेसको साख जोगाउन सकिन्छ । बुढो भएको कांग्रेस पार्टीलाई युवा बनाउन सकिन्छ । समसामयिकीकरण गर्न सकिन्छ । यसका लागि बृहत् नागरिक अन्तर्क्रिया तथा संवाद गर्न जरुरी छ भन्ने महसुस गरेर उपचुनावको भोलिपल्टै हामी वैशाख ११ गतेका दिन पोखरातर्फ हानियौँ ।

पार्टीका युवा एक बौद्धिक नेता गुरुराज घिमिरेलिखित ‘बाटो बिराएको राजनीति’ नामक पुस्तक विमर्श कार्यक्रममा । पुस्तक लेखक गुरुराज घिमिरे, युवानेता भूूपेन्द्रजंग शाही र मलगायत थियौँ । कार्यक्रमको चाँजोपाँजो मिलाएका थिए, लक्ष्मी पाण्डे नेतृत्वको बीपी अध्ययन प्रतिष्ठान गण्डकी प्रदेश समितिले । पार्टी गण्डकी प्रदेश सभापति शुक्रराज शर्माको प्रमुख आतिथ्यतामा हाल रुपान्तरण गण्डकी प्रदेश संयोजक देवराज चालिसे, कास्की सभापति किशोरदत्त बराललगायत कास्कीका नेतृत्वहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा मैले भनेको थिएँ कि हामी बृहत् नागरिक संवादका लागि निस्किसकेका छौँ । यो बीपी कोइरालाको चौतर्फी क्रान्तिसँग सम्बन्धित छ । 

प्रकाशित मिति: : 2023-07-10 10:24:00

प्रतिकृया दिनुहोस्