सोलुखुम्बुकाे सुर्केबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकप्टर लाम्जुरामा दुर्घटना भएको छ।
सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिका नजिकैको लाम्जुरामा हेलिकप्टर दुर्घटना भएको मनाङ एयरका एक कर्मचारीले बताए। दुर्घटनाकाे थप जानकारी आउन बाँकी छ।
हेलिकप्टरमा सवार ६ जनामध्ये क्याप्टेन सीबी गुरुङ रहेकाे र यात्रु पाँचै जना मेक्सिकन नागरिक भएकाे खुलेको छ। यात्रुहरूमा फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेस रहेका छन्।
उद्दारका लागि अल्टिच्यूड एयरको हेलिकप्टर परिचालन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएकाे छ।
सोलुखुम्बुको सुर्केबाट ६ यात्रु बोकेर काठमाडौँका लागि उडेको मनाङ एयरको ९एनए–एमभी कलसाइन भएको हेलिकोप्टर मंगलबार बिहान १० बजेर १ मिनेटमा सम्पर्कविहीन भएको थियाे।