प्रधानमन्त्री पत्नी सीता दाहाललाई श्रद्धाञ्जली दिन नर्भिक अस्पतालमा नेताहरूको घुइँचो (तस्बिरहरू) 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई श्रद्धाञ्जली दिन नर्भिक अस्पतालमा नेताहरूको घुइँचो लागेकाे छ।

थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा ६९ वर्षको उमेरमा दाहालको बुधबार बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको हाे।

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत नेताहरु दाहाललाई श्रद्धाञ्जलि दिनका लागि अस्पताल पुगेका छन्। अन्य पार्टीका नेताहरु पनि अस्पताल पुगेका छन्।

दाहाल पार्किन्सन रोगका कारण लामो समयदेखि अस्वस्थ थिइन्। उनलाई स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो। दाहाल माओवादी केन्द्रको सल्लाहकार थिइन्।

प्रकाशित मिति: : 2023-07-12 10:38:00

प्रतिकृया दिनुहोस्