भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति समवेदना प्रकट गरेका छन्।
नेपाली भाषामा ट्विट गर्दै मोदीले सीता दाहालको निधनको खबरले मर्माहत बनाएको भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।
मोदीले लेखेका छन्, ‘श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु। ॐ शान्ति।’
उनले यही ट्विट अंग्रेजीमा समेत गरेका छन्।
प्रधानमन्त्री पत्नी सीताको बुधबार (आज) विहान ८ बजेर ३३ मिनेटमा नर्भिक अस्पतालमा मृत्यु भएको थियो। दिउँसो २ बजे पशुपति आर्यघाटमा सीताको अन्त्यष्टि गरिँदैछ।