जुम्लाकाे हिमा गाउँपालिकालाई भारतीय दूतावासले एम्बुलेन्स उपहार दिएकाे छ।
नेपाल–भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत भारतीय राजदूतावाद्वारा हिमाले उपहार स्वरुप एम्बुलेन्स पाएकाे हाे।
आइतबार एक कार्यक्रम बीच एम्बुलेन्सकाे चावी गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीलाई हस्तान्तरण गरिएकाे छ।
‘पालिकाबाट बिरामी बाेकेर सुविधा सम्पन्न अस्पतालसम्म बिरामीकाे उपचार सहजता आउने भएकाे छ’ उनले भने, ‘यसका निम्ति भारतीय दूतावासलाई धन्यवाद। अब पालिकाका नागरिकले सुलभ सेवा पाउने छन्।’