काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले पुराना प्रयोगविहीन मोटरसाइकल महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिएको छ।
ट्राफिक कार्यालयका एसपी सन्तोष आचार्यले आविष्कार केन्द्रलाई १० देखि १५ वर्ष पुराना प्रयोगविहीन १० वटा मोटरसाइकल हस्तान्तरण गरेका हुन्।
‘काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय अर्थात् बग्गीखानाले राष्ट्रिय आविष्कार केन्द्रलाई १० देखि १३ वर्षसम्म पुरानो राम्रो हालतको १० वटा मोटरसाइकल दान गर्यो’, आविष्कार केन्द्रका संस्थापक अध्यक्षसमेत रहेका पुनले भने।
पुनकाअनुसार आविष्कार केन्द्रले ती मोटरसाइकल विद्युतीय मोटरसाइकलमा रुपान्तरण गर्नेछ।