कैलालीमा जेलरले रूपैयाँ लिएर कैदीलाई भगाएका छन्। कैलाली कारागारका प्रमुख पदमराज तिमिल्सेनाले रूपैयाँ लिएर कैदीलाई भगाएकाे रहस्य खुलेकाे हाे।
तिमिल्सेनाले लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका गाैरिगंगा नगरपालिका ९ का ईश्वर पाैडेलबाट माेटाे रकम लिएर भगाएकाे कारागार स्राेतले बतायाे। पछिल्लो समय जेलर तिमिल्सेना प्रति कैदीबन्दीनै असन्तुष्ट रहेका छन्।
तिमिल्सेनाले 'माेटाे रकम दिए जेलबाट भगाइदिने भन्दै' कैदीलाई भगाएकाे नाम नबताउने सर्तमा एक कैदीले बताए।
३४ ग्राम लागूऔषध खैराे हिराेइनसहित पारस बम, राम सिराडी र ईश्वर पाैडेल चार महिना अगाडि पक्राउ परेका थिए। पक्राउ परेकामध्ये जेलर तिमिल्सेनाले पाैडेलबाट रूपैयाँ लिएर भगाएका हुन्।
यस विषयमा जेलर तिमिल्सेनालाई बुझ्दा उनले कैदी पाैडेललाई छाेडेकाे स्वीकार गरेका छन्। उनले आफूले रूपैयाँ नलिएकाे जिकिर गरे।
उनले ईश्वर पाैडेल १५ ग्राम लागूऔषध खैराे हिराेइनसहित पक्राउ परेकाे मुद्दामा सफाई पाएकाे आधारमा छाेडेकाे बताए।
उनले ३४ ग्राम खैराे हिराेइनसहित पक्राउ परेकाे मुद्दामा भने सफाई नपाएकाे पनि स्वीकार गरे। उनले पाैडेलकाे एक सातादेखि खाेजी भइरहेकाे बताएका छन्।
जेलर तिमिल्सेना कारागार कैलाली आएदेखि कारागारकाे मर्यादा विपरीत कार्य गर्दै आएका छन्।
उनले आफू कैलालीमा कमाउन आएकाे भन्दै कारागारभित्र लागूऔषध, मदिरा भित्र्याउने र कैदीबाट माेटाे रकम लिएर भगाउने काम गरेको बताइएको छ।