महिलालाई मनपर्दैन पुरुषको यी बानी!

Photo credit: iStock
Photo credit: iStock

पुरुषको केही त्यस्तो बानी हुन्छ, जसलाई महिलाहरूले फिटिक्कै रुचाउँदैनन्। यदी विवाहित वा प्रेममा रहेका पुरुषहरू सम्बन्ध बचाइरहन चाहन्छन् भने महिलाको रुचीमा ध्यान दिनुपर्छ। 


श्रीमान–श्रीमती होस् या प्रेमी–प्रेमिका सम्बन्धलाई जोगाउनका लागि दुबै पक्षले ध्यान दिनुपर्छ। एक जना रिसाउँछ भने अर्कोले फसाउनुपर्छ। त्यसो गर्नाले मात्र सम्बन्धहरू टिकिरहन सक्दछ। तर रिलेशनको कुरामा महिलाले आफ्नो पार्टनरमा केही त्यस्ता बानीहरू जस्तै कि नेचर, सोच र प्रस्तुतिकरण।

यदी पुरुषको कुनै बानी महिलालाई राम्रो लागेन भने त्यो सम्बन्ध धेरै टिक्दैन। त्यसैले रिलेशन जोगाउनका लागि पुरुषले महिलालाई मननपर्ने बानी गर्नुहुँदैन। त्यस्तो बानी छ भनेपनि तुरुन्तै छाड्नुपर्छ। 

भावुक नहुनु:

अक्सर, महिलाहरू चाहन्छिन् कि उनीहरूको कुरा पार्टनरले सुनोस्। उनीहरू चाहने गर्छिन् कि दुखको समयमा साथ दिनका साथै इमोशनली पनि सर्पोट गरुन्।

कयौँ पटक केटाहरूले केटीहरूको भावना वेवास्ता गरिदिन्छन् र बुझ्दैनन। महिलाले पुरुषसँग सेयर गर्न खोजेको कुरालाई वेवास्ता गरिदिँदा समेत महिलाहरू निराशिने गर्छिन्। 

जिम्मेवारी उठाउन नसक्नु:

घरको परिवार सम्हालने काम महिलाले गर्छिन्। त्यसैले उनी घरको कामको जिम्मेवारी आफ्नो काँधमा उठाएर हिड्छिन्। त्यसबेला उनी चाहन्छिन् कि उनको पार्टनरले पनि मदत गरिदियोस्। तर महिलाको काममा केही सहयोग नै गरिदिएन भने त्यस्ता पुरुषदेखि महिला आजित हुन्छिन् र सम्बन्धमा विस्तारै तीतोपना आउँछ। 

कठोर मन हुनु:

जुनसुकै सम्बन्ध पनि प्रेमले चल्छ न कि कठोर मनले। खासमा केही पुरुष सुरुवातदेखि नै कठोर मनको हुन्छन्।

जो महिलाको समक्ष आफ्नो फिलिङक्स देखाउँदैनन्। जसले गर्दा सम्बन्धमा नकारात्मक असर पर्न जान्छ। तर महिलालाई त्यस्तो व्यवहार मन पर्दैन। त्यसैले सधैं खुलेर कुरा गर्नुपर्छ। 

प्रत्येक कुरामा गलत देखाउनु:

अधिकांशजसो पुरुषहरू बानी हुन्छ कि उनीहरू महिलाहरूलाई गलत देखाउँछन्। जुन कुरालाई महिलाहरूले पटक्कै रुचाउँदैनन्। किनकी महिलाहरू सोच्ने गर्छिन् कि उनीहरूले पार्टनलेर अपमान गरिरहेका छन्। त्यसैले पुरुषहरूले आफ्नो सम्बन्धलाई जोगाइरहन महिलाको फिलिक्स बुझ्न जरुरी छ। 

प्रकाशित मिति: : 2023-07-19 21:50:00

प्रतिकृया दिनुहोस्