एसिया कपमा नेपालले आफ्नो पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ।
नेपाल र पाकिस्तानबीचको खेल भदौं १३ (अगष्ट ३०) मा पाकिस्ताको मुल्तानमा हुने छ। नेपालले आफ्नो दोस्रो खेल भारतसँग भदौ १८ मा खेल्नेछ। यो खेल श्रीलंकामा हुनेछ
समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् भने समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान रहेका छन्। हरेक समूहको शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछ।