गृहमन्त्रीविरुद्ध भ्रम फैलाएको भन्दै प्रेस चौतारीका अध्यक्ष बस्नेतविरुद्ध उजुरी

File Photo
File Photo

एमालेनिकट भ्रातृ संगठन प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतविरुद्ध नेपाल प्रहरीकाे साइबर ब्यूरोमा उजुरी परेको छ।

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमार्फत भ्रामक फैलाएको भन्दै श्रेष्ठका प्रेस सल्लाहकार किरण गिरीले चौतारीका अध्यक्ष बस्नेतविरुद्ध उजुरी दिएका हुन्।

बस्नेतले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा त्रिभुवन विमानस्थलबाट गृहमन्त्री श्रेष्ठले सुन पास गराएको भन्दै लेखेका थिए।

बस्नेतले गृहमन्त्रीलाई खुला चुनौती भन्दै स्टाटस थिए। उनले गृहमन्त्री श्रेष्ठ भन्सार, प्रहरीको सरुवा र बढुवामा संलग्न रहेको र त्यसको आफू प्रत्यक्षदर्शी भएको स्टाटसमा उल्लेख गरेका छन्।

बस्नेतले आफूले लेखेकाे पाेस्टबारे थप प्रष्ट पार्दै भनेका छन्, ‘मैले हिजो आएको सूचनाअनुसार गृह मन्त्रालयको नेतृत्वको संलग्नताबिना यति धेरै अर्थात् एक क्विन्टलभन्दा बढी सुन ल्याउन र भन्सार कटाएर सडकमा ल्याउन सम्भव नै थिएन भनेको थिएँ। यो कुरामा प्रश्न गर्नु वा प्रश्न उठाउनु पनि अपराध हो र? माथिल्लो तहको संलग्नताबिना विमानस्थलबाट एक क्विन्टल सुन भित्र्याउन सम्भव छ गृहमन्त्रीज्यू? विगतमा तपाईं नै यसरी प्रश्न गर्ने गर्नुभएको थिएन र?’

गिरिले गृहमन्त्रीबारे भ्रामक समाचार लेखेको भन्दै जनबोली डटकम अनलाइनविरुद्ध पनि प्रेस काउन्सिलमा उजुरी दिएका छन्।

प्रकाशित मिति: : 2023-07-20 19:03:00

प्रतिकृया दिनुहोस्