रोजगारीको अवसर दिँदै जुम, ६ वटा पदमा खुल्याे जागिर

सौन्दर्यको दुनियाँमा नयाँ–नयाँ उच्चतम प्रविधि तथा सीपमुलक कोर्शहरूको जननी रहेको जुम ब्यूटी एकेडेमीले स्थापना कालको एक्काईसौँ बर्ष गाँठ मनाउँदै गर्दा आफ्नो एघारौं शाखा विस्तार गरिसकेको छ।

ती एघार वटा शाखाहरूमा जुमबाटै प्रशिक्षित अब्बल, दक्ष र इमान्दार व्यक्तिहरूलाई रोजगारको अवसर निरन्तर दिइरहकाे एकेडेमीले फेरि पनि थुप्रै पदहरूमा रोजगारको अवसर प्रदान गर्दै दरबन्दी आबह्वान गरेको छ। 


जुमको समतलबाट उदाएकी सुजाता (भिडियाे)


आकर्षक पारिश्रमिक र अन्य सुविधाहरूको पनि अवसरसहित भिडियोग्राफर, फोटोग्राफर, ग्राफिक डिजाइनर, म्यानेजर लगायत थुप्रै पदहरूका लागि योग्य, दक्ष, सीपमुलक र इमान्दार नेपाली नागरिकहरुलाई दरखास्त आबह्वान  गरिएको छ। 

प्रकाशित मिति: : 2023-07-21 11:12:00

प्रतिकृया दिनुहोस्