स्कुलमा राजनीतिसँगै रचनात्मक क्रियाकलाप 

स्कुल-स्कुलमा विद्यार्थी संगठनकाे एकाई समिति गठन गरेर सामाजिक संजालमा आलोचना खेपेकाे एमाले निकट अनेरास्ववियुले रचनात्मक क्रियाकलाप सुरु गरेकाे छ। 

शुक्रबार चन्दननाथ नगरपालिकाकाे रत्नचूडेश्वर माविमा अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरुले सरसफाइ गरेका हुन्।

स्कुलकाे चाैर, कक्षाकाेठ, शाैचालय सफा गरिएकाे विद्यार्थी नेता लाेकेन्द्र गिरीले जानकारी दिए। 

'विद्यार्थीमाझ गएर रचनात्मक क्रियाकलाप गर्न पाउनु हाम्राे अधिकार हाे,' उनले भने, 'विद्यालयस्तरबाटै राजनीतिक चेतनाकाे विकास हुन सकेन भने असल नेतृत्व विकासकाे कल्पना गर्न सकिदैन।'

अनेरास्ववियुले विद्यालयमा सरसफाइका साथै पातमा चित्र बनाउने तालिम समेत दिइरहेकाे केन्द्रीय सदस्य विराज भण्डारीले बताए।

पातकाे कलात्मक चित्र बनाएर देशभर चर्चा कमाएका उनी पछिल्लाे सयम जुम्लाका स्कुलहरुमा पातकाे चित्र बनाउन सिकाउँदै हिडिरहेका छन्।

'हामीले रचनात्मक गतिविधि पनि गरिरहेका छाैं,' उनले भने, 'नयाँ पुस्तामा राजनीतिक, आर्थिक सामाजिक चेतका साथै कला चेत पनि हुन जरुरी छ।'

शनिबार अनेरास्ववियु जिल्ला कमिटीले जुम्ला बहुमुखी क्याम्पसमा गुणस्तरीय शिक्षा आजकाे आवश्यकता भन्ने विषयमा अन्तर माविमा स्तरीय खुला कविता प्रतियोगिता संचालन गर्न लागेकाे अर्का विद्यार्थी नेता लाेकेन्द्र बुढाले जानकारी दिए।

प्रकाशित मिति: : 2023-07-21 19:42:00

प्रतिकृया दिनुहोस्