जब मेयर रिनाले विवादित सडक विस्तारमा डोजर चलाइन्...

रौतहटको मौलापुरकी मेयर रिना साहले बर्षौदेखिको विवादित सडकलाई विस्तार गरी सुचारु गरेकी छन्। 

सडक विस्तारमा अवरोध गरी विवादित बनाउने र सर्वसधारणको यातायातमा अवरोध गरिएको ‘बौद्धा–पथरा–पिपरिया’ सडक खण्डको पथरामा मेयर साहले सडक विस्तार गरी अगासड बढेकी हुन्। सो सडकलाई बर्षौदेखि विस्तारमा अवरोध गरिएको थियो।

सर्वसधारणको समेत साथ पाएकी मौलापुरकी मेयर साहले सडक विस्तारको कामलाई तिव्रगतिमा अगाडि बढाउने बताएकी छिन्।

अहिले सर्वसधारणको समेत सहयोग पाएकी मेयर साहले डोजर लगाएर सो सडकमा पर्ने भौतिक संरचना भत्काउँदै अगाडी बढेकी हुन्।

उनको काम देखेर सर्वसधारणले समेत साथ र सहयोग गर्न थालेका छन्। सडक विस्तारमा आउने कुनै पनि अवरोधलाई नसहने र विस्तार कार्यलाई जसरी पनि अगाडि बढाउने स्थानिय रामेश्वर यादवले बताए।

‘यो एक किसिमको चमत्कार नै हो। मेयर रिना साहलाई काम गर्न अवरोध गरेर सडक विस्तारमा वाधा पुर्याउने काम भए पनि अहिले उनले डोजर चलाउनुभएको छ। अब सडक विस्तार कोही कसैले रोक्न सक्दैन्। रोके हामीले प्रतिकार गर्छौ’ यादवले भने।

आम जनसमुदायको सहभागितामा दुवै पक्षलाई समझदारी गराई शान्तिपूर्ण तरिकाबाट सडक कार्यको काम भइरहेको मौलापुरका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताए।

केही वर्ष देखि त्यो सडक सिमांकनको विवादले रोकिएको थियो तर त्यो विवाद मेयर साहको पहलमा समाधान भएको छ। त्यो सडक विस्तार कार्यले त्यहाँको आम जनता हर्षित भएका छन्। 

अहिले विवादित संरचना भत्काई सडक विस्तारको काम समेत तिब्र गतिमा अगाडी बढेको छ। मेयर साहसंगै उपप्रमुख नागेन्द्र यादवले समेत सडक विस्तारलाई अगाडि बढाउन प्रभावकारी भुमिका निर्वाह गरेका छन्। 

रौतहटको क्षेत्र नं. ३ मा पर्ने सो सडकलाई जसरी पनि विस्तार गरी सर्वसधारणलाई यातायातको राम्रो सेवा दिनुपर्नेमा सर्वसधारणको अहिले एकमत रहेको छ। सो क्षेत्रबाट आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।

प्रकाशित मिति: : 2023-07-21 21:26:00

प्रतिकृया दिनुहोस्