ललिता निवास प्रकरणमा नापी विभागका कर्मचारी पक्राउ

ललिता निवास जग्गा प्रकरणमा थप एक जना पक्राउ परेका छन्।

नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठलाई पक्राउ गरेकाे हाे।

उक्त प्रकरणमा संलग्न रहेकाे आराेपमा श्रेष्ठलाई सीआईबीले जोरपाटीस्थित उनकै निवासबाट पक्राउ गरेकाे हो।

ललिता निवास प्रकरणमा सीआईबीले यसअघि १८ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

वि.सं. २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो। सोही प्रकरणमा सिआइवीले अनुसन्धान गरिरहेको छ।

उक्त प्रकरणमा यसअघि तीन सय जनालाई प्रतिवादी बनाएर ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो। तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको ब्यूरोले पुनः अनुसन्धान थालेको हो।

प्रकाशित मिति: : 2023-07-23 12:58:00

प्रतिकृया दिनुहोस्