विश्वखाद्य कार्यक्रम सञ्चालन गर्ने नाममा ठगी, दुई जना पक्राउ (भिडियाे)

काठमाडौंमा विश्व खाद्य कार्यक्रम सञ्चालन गर्ने भनेर कार्यालय खाेलेर ठगी गरिएकाे पाइएकाे छ।

बुढानीलकण्ठ नगरपालिका-५ करमा कार्यालय खाेलेर ठगी गरिएकाे पाइएकाे जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ।

नेपाल सरकारकाे कर्मचारी भनेर नागरिकलाई ठगी गरेकाे प्रहरीले जनाएकाे छ। अवैध कार्यालय खाेलेकाे सूचनापछि प्रहरी परिसरले कार्यालयकाे सामानसमेत बरामद गरेकाे छ।

ठगीमा संलग्न रहेकाे आराेपमा दुई जनालाई पक्राउ गरी प्रहरीले  साेमबार सार्वजनिक गरेकाे छ। प्रहरीका अनुसार ३ जना फरार छन्।

प्रकाशित मिति: : 2023-07-24 14:57:00

प्रतिकृया दिनुहोस्