अर्थ मन्त्रालयले त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको भन्सार कार्यालय प्रमुखको जिम्मेवारी सहसचिव टोकराज पाण्डेलाई दिएको छ।
झण्डै एक सय केजी सुन तस्करी प्रकरणपछि मन्त्रालयले यसअघिका भन्सार प्रमुख अरुण पोखरेललाई हटाएर मंगलबार पाण्डेलाई नियुक्त गरेको हाे।
आइतबार मात्रै अर्थ मन्त्रालयमा सरुवा भएका पाण्डेले भन्सार प्रमुखकाे जिम्मेवारी पाएका हुन्।