जहाज नपाउँदा मुगुका बिरामीको मृत्यु

बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा रिफर भएका मुगुका एक बिरामीको जहाज नपाएपछि मृत्यु भएको छ।

मृत्यु हुनेमा मुगुका विर्खलाल कार्की रहेकाे डाक्टर प्रतिक न्याैपानेले बताए। उनका अनुसार कार्कीलाई थप उपचारका लागि नेपालगञ्ज वा धनगढी लिनुपर्ने थियाे। 

‘सिटी स्क्यानसहितको सुविधा भएको अस्पतालमा रिफर गरिएको थियो’, उनले भने, ‘आफन्तले ६० वर्षीया कार्कीलाई उपचारका लागि लैजानका लागि जहाज आउने पर्खिरहेका थिए।’

मार्तडी कोल्टी र कर्णाली करिडोरको सडक बाटो वर्षाका कारण बिग्रिएर अवरुद्ध भएपछि आफन्त जहाज नै अन्तिम विकल्प भएकाे बिरामीका आफन्तले बताएका छन्।

सडक बाटो सम्भव नभएपछि जहाजको बाटो कुर्दा पनि नआएको र हेलिकप्टरसमेत मौसमका कारण नआउने अवस्था भएपछि कार्कीको प्राथमिक स्वास्थ्य केन्द्रमै ज्यान गएको हो।

प्रकाशित मिति: : 2023-07-27 07:28:00

प्रतिकृया दिनुहोस्