अनिश्चतकालीन रौतहट बन्द कार्यक्रम स्थगित

गौर हत्याकाण्ड पीडित संघर्ष समितिले आवह्न गरेको अनिश्चतकालीन रौतहट बन्द कार्यक्रम हाललाई स्थगित गरेको छ। आइतबार साझ एक विज्ञप्ती जारी गदै सो जानकारी गराएको हो।

करिब १७ बर्ष अघि बीभत्स गौर हत्याकाण्डका पीडितहरूले न्यायको माग राखेर विभिन्न संघर्षका कार्यक्रम सहित यही श्रावण १ गते जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएका थिए।

१७ वर्ष देखि लगातार राज्यका विभिन्न निकायमा हार गुहार माग्दा न्याय नपाए पछि, आज बाध्य भएर हामी सडकमा आयौ तर सत्ताधारी पार्टीहरू हामीलाई सडकमा पनि रुन नदिने स्तिथि सृजना गरिरहेको सो विज्ञप्तीमा उल्लेख छ। 

संघर्ष समितिकी संयोजक रुप सागर देबी उपाध्यायद्धारा हस्ताक्षरित विज्ञप्तीमा हिजो सत्ताको बलमा अपराधीलाई जोगाउदै आएका राजनैतिक पार्टीहरू आज सडकमा मुठभेड़ खडा गर्न उत्सुक रहेको र खुलेआम अर्को गौर हत्याकाण्ड दोहराउने धम्की दिइरहेको जनाइएको छ। 

विज्ञप्तीमा अहिलेको २१ औं शताब्दीको कानुनी शासनको युगमा संरक्षणको जिम्मा लिएका सत्ताधारी पार्टीहरूले भय आतंकको अवस्था निर्माण गर्नु दुःखद छ यस्तो जंगलीराजको हामी भत्र्सना गर्दछौ साथै संघर्षलाई अझ दृढतापूर्वक अगाडी बढाउने संकल्प गर्दछौ भनिएको छ।

उदण्डताको आतंकपूर्ण अवस्थामा पीडित संघर्ष समिति जिम्मेबार भएर अगाड़ी बढ़ने र मुठभेड़को अस्वाभाविक अवस्थालाई ध्यानमा राखी हामीले हाम्रो संघर्षको कार्यक्रमलाई परिमार्जन गरेको उक्त बिज्ञप्तीमा उल्लेख गरिएको छ। 

घोषणा गरेका धर्ना कार्यक्रमलाई यथावत राखी रौतहट अनिश्चितकालीन बन्दको कार्यक्रमलाई तत्कालका लागि स्थगित गरिएको संयोजक उपाध्यायद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ।

प्रकाशित मिति: : 2023-07-30 22:13:00

प्रतिकृया दिनुहोस्