पक्राउ परिन् अधिवक्ता पाण्डे

अधिवक्ता भगवती पाण्डे ‘शीतल’ पक्राउ परेकी छिन्। तामाङ समुदायबारे विवादित अभिव्यक्ति दिएकी उनी बुधबार पक्राउ परेकी हुन्।

टेलिभिजनमा अन्तर्वार्ता दिँदै उनले तामाङ समुदायमा दाजुबहिनीबीच नै विवाह हुने भन्दै गलत टिप्पणी गरेकी थिइन्। 

उनको त्यही अभिव्यक्तिको कारण बुधबार तामाङ समुदाय  आन्दोलनमा उत्रिएका थिए। उक्त झडपका क्रममा प्रहरीले ३५ जनाभन्दा बढी प्रदर्शनकारीलाई पनि पक्राउ गरिएको थियो। 


अधिवक्ता पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी

 

प्रकाशित मिति: : 2023-08-02 16:11:00

प्रतिकृया दिनुहोस्