डाेल्पाका शिक्षक आन्दाेलित : शिक्षा इकाइ र प्रशासनमा बुझाइयाे ज्ञापनपत्र

हिमाली जिल्ला डाेल्पाका शिक्षकहरु आन्दाेलित भएका छन्।

संघीय संसदमा पेश हुने तयारीमा रहेकाे संघीय शिक्षा ऐनमा अनुदान, राहत, बाल विकास, विद्यालय कर्मचारी, साविक उच्च मावि, प्राविधिक धार र अनुदान काेटामा कार्यरत शिक्षकहरुका मागलाई बेवास्ता गरिएकाे भन्दै आन्दाेलित भएका हुन्।

शिक्षक महासंघको केन्द्रीय सर्कुलर अनुसार प्रथम चरणकाे आन्दोलनअन्तर्गत मंगलबार शिक्षा विकास तथा समन्वय इकाई, जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइएको शिकक महासंघ डाेल्पाका अध्यक्ष बालकृष्ण डाँगीले बताए।

संघीय शिक्षा ऐनमा श्रमजीवी शिक्षकहरु विशेष मुद्दालाई उपेक्षा गरिएकाे भन्दै जिल्लाभरिका झन्डै दुई सय शिक्षक सदरमुकाम दुनैमा पुगेर शान्तिपूर्ण आन्दोलनमा हाेमिएकाे डाँगीकाे भनाइ छ।

देशभरिका शिक्षकहरुकाे छाता संगठन शिक्षक महासंघ र सरकारबीच भएका तीस बुँदे र एकाउन्न बुँदे सहमति कार्यन्वयन गर्न शिक्षकहरुले माग गरेका छन्।

त्यतिमात्र नभई देशभरी पठनपाठनमा सक्रिय पैंतालीस हजार राहत शिक्षकलाई सामान्य आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नु माग राख्दै आफुहरु पनि आन्दोलनमा हाेमिएकाे राहत शिक्षक समिति डाेल्पाका अध्यक्ष पुर्णकेशर न्याैपानेले बताए।

न्युन पारिश्रमिकमा कार्यरत राहत, विद्यालय कर्मचारी र बाल विकासका कार्यरत शिक्षकहरुलाई अन्य शिक्षक कर्मचारी सरह सेवा सुविधा दिनुपर्ने उनकाे भनाई छ।

यससँगै २०७५ सालभन्दा पछि नियुक्त भएका स्थायी शिक्षकहरुलाई पेन्सनकाे सुविधाबाट पनि बञ्चित गर्न खाेजेर अन्याय गर्न खाेजिएकाे शिक्षकहरुले बताएका छन्।

शिक्षकहरुका जायज मागहरु सम्बाेधन नभए देशव्यापी रुसमा सशक्त आन्दोलनमा उत्रिने शिक्षकहरुले चेतावनी दिएका छन्।

केन्द्रीय सर्कुलरअनुसार आन्दोलनको नेतृत्व महासंघले गरेपनि जिल्ला स्थित शिक्षकका सम्पूर्ण संघ, संगठनले सहयोग गरिरहेकाे शिक्षक संगठन डाेल्पाका अध्यक्ष तुल बहादुर बिष्टले बताए।

शिक्षकहरुका माग शान्तिपूर्ण आन्दोलनबाट पनि पूरा नभए दाेस्राे चरणकाे आन्दोलनमा देशभरिका शिक्षकहरु काठमाडौँ पुगेर सरकारलाई घुँडा टेकाउने बिष्टकाे भनाइ छ।

जिल्लाभरिका शिक्षक आन्दोलनमा हाेमिएपछि डाेल्पाका विद्यालयहरुमा पठनपाठन प्रभावित भएकाे छ।

प्रकाशित मिति: : 2023-08-15 14:49:00

प्रतिकृया दिनुहोस्