नेपाली राष्ट्रिय फुटबल टाेलीका सदस्य विमल घर्ती मगर विवाह बन्धनमा बाँधिएका छन्। उनले प्रेमिका लिना प्रधानसँग आइतबार विवाह गरेका हुन्।
विमल र लिना केही वर्षअघिदेखि प्रेम सम्बन्धमा थिए। आफू वैवाहिक जीवनमा बाँधिएको उनले सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।
उनले विवाहकाे तस्बिर समाजिक सञ्जालमा राख्दै लेखेका छन्, 'मेरो आज, भोलि र सधैँभरि र त्यो मेरो बेटर हाफबाहेक अन्य छैन।'