माधव नेपालको राजनीतिक प्रतिवेदन: गठबन्धन र समाजवादी मोर्चाबाट बाहिरिने अवस्था छैन (पूर्णपाठ)

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन्।

मंगलबारकाे केन्द्रीय समिति बैठकमा अध्यक्ष नेपालले ४० पृष्ठ लामो प्रतिवेदन पेश गरेका हुन्।

उनले वर्तमान गठबन्धन दीर्घकालीन नभए पनि तत्कालीन राजनीतिक कार्यगत एकता भएको बताएका छन्।

अहिलेको सत्ता गठबन्धन र समाजवादी मोर्चाबाट बाहिर निस्कने अवस्था नरहेको नेपालको राजनीतिक प्रतिवेदनमा उल्लेख छ।

‘यो गठबन्धन दीर्घकालीन होइन, तात्कालिक राजनीतिक एकतामात्र हो। त्यसैले तत्कालीन राजनीतिक परिस्थिति बदलियो भने यस्तो गठबन्धन पनि बदलिन सक्छ। तर अहिले तत्काल वर्तमान राजनीतिक परिस्थिति र गठबन्धन बदलिन र हामी गठबन्धनबाट बाहिर निस्कने अवस्था छैन’, अध्यक्ष नेपालले भनेका छन्। 

प्रकाशित मिति: : 2023-08-22 13:30:00

प्रतिकृया दिनुहोस्