सभापति देउवाद्वारा धादिङमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त

File Photo
File Photo

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२ चालिसेबाट त्रिशूली नदीमा खस्दा आठ जनाको मृत्यु, केही बेपत्ता र केही गम्भीर घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।

सभापति देउवाले विज्ञप्तिमार्फत मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नोतर्फबाट समवेदना प्रकट गरेका छन्। साथै उनले बेपत्ता भएकाको खोजी कार्यलाई तीव्र पार्न र घाइतेको उपचारको प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरेका छन्।

सभापति देउवाले पछिल्लो समय यस्ता सडक दुघर्टना बढ्दै गइरहेकाले तत्काल एक कार्यदल गठन गरी घटनाको गहिरो अध्ययन गरेर यस्ता घटनालाई नियन्त्रण गर्न/गराउन सरकारको ध्यानाकृष्टसमेत गराएका छन्।

प्रकाशित मिति: : 2023-08-23 18:36:00

प्रतिकृया दिनुहोस्