हिमाली जिल्ला डोल्पा जोड्ने भेरीकरीडोर पुन अवरुद्ध

हिमाली जिल्ला डोल्पा जोड्ने भेरीकरिडोर पुनः अवरुद्ध भएको छ।

त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५ मा पर्ने अनारदुलामा माथिबाट खसेको भिषण पहिरोका कारण भेरीकरिडोरको डोल्पाखण्ड खुलाइएको दुई दिनमै पुनःअवरुद्ध भएको हो।

पहिरोका कारण दश दिनसम्म अवरुद्ध उक्त सडक खुलाइएको दुई दिनमै सुख्खा पहिरोले पुन अवरुद्ध भएको पहिरो खुलाउने जिम्मा पाएका शुक्ला कन्ट्रक्सनका प्रोपराइटर बषन्त शाहीले बताए।

लगातार दुई दिन लगाएर पहिरो सफा गरेपनि सडकको दुबैतिर तटबन्ध गर्ने बजेट नहुँदा सडकको दायाँ तिरको भेरी नदीको कटानमा परेको उनको भनाइ छ।

'आफूले निर्माणको जिम्मा पाएको भन्दा धेरै काम गर्दा पनि बाटो खुलाउन सक्ने अवस्था छैन्,प्राविधिक अनुसारको तटबन्धमात्रले काम सम्पन्न गर्न सकिदैन्', उनले भने। 

भेरीकरिडोर कार्यालयले थप बजेटको व्यवस्थापन गरेपछि मात्र काम सुचारु गर्न सकिने उनको भनाइ छ।

सडक अवरुद्ध भएपछि डोल्पा भित्रने र बाहिरीने चारपाँग्रे सवारी साधन आवागमन ठप्प भएकाछन् भने दुई पाँग्रे सवारीसाधन र  सर्वसाधारणहरु जोखिम मोलेर आवतजावत गर्न बाध्य छन्।

प्रकाशित मिति: : 2023-08-24 15:28:00

प्रतिकृया दिनुहोस्