गैरनाफमुलक सामाजिक संस्था ‘युनिर्भसिटी अफ थ्री जेनेरेसन’ले युवा उत्प्रेरणात्मक कार्यक्रम ‘ब्रेक थ्रु विथ रोहित मल्ल’को आयोजना गर्ने भएको छ।
युवा तथा विद्यार्थी लक्षित यो एक दिने कार्यक्रम यही भदौ १९ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा गर्न लागिएको कार्यक्रमबारे जानकारी दिन शुक्रबार हात्तीसारस्थित ‘आलिसान गजल’मा आयोजित पत्रकार सम्मेलनमार्फत् आयोजक ‘युनिर्भसिटी थ्री जेनेरेसन’ जनायाे।
युवा वर्गमा आफ्नो करियरमा के बन्ने ?, सम्बन्ध कसरी कायम राख्ने ? लागूपदार्थ दुर्व्यसनबाट कसरी पर रहनेजस्ता विषयहरुमा अथाह दुविधा रहेकोले उनीहरुलाई सकारात्मक कार्यमा उत्प्रेरित गर्ने उद्देश्यले यो कार्यक्रम गर्न लागिए कार्यक्रम संयोजक सुरज गिरीले बताए।
‘राइट प्याथ केरियर काउन्सिलिङ’ प्रमुख प्रायोजक रहेको कार्यक्रममा मोटिभेस्नल स्पिकर रोहित मल्लले मोटिभेस्नल स्पिज दिनेछन्।
त्यस्तै कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्वहाकिम तथा हाल नविल बैंक लि.का डि.सि.इ.ओ बैंकर तथा सि.ए. मनोज ज्ञवाली, कमेडियान तथा युवा राजनीतिज्ञ हिमेश पन्थ, पूर्वमिस नेपाल अस्मी श्रेष्ठ, उद्यमी विष्णुहरि पाण्डे र सिंहबहादुर मोक्तान तथा सामाजिक अभियान्ता तथा राजनीतिज्ञ पुकार बमलगायतले प्रस्तुति दिने आयोजकले जनाएको छ।
कार्यक्रममा करिब १५ सय युवा सहभागी हुने अनुमान गरिएको छ।